हिंसामा १० को मृत्यु



नयाँदिल्ली, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिल्ली भ्रमण रहेकै बेला त्यसको उत्तर पूर्वी इलाकामा तनावको स्थिति रहेको र एक दिन अगाडि हिंसा र आगजनीका घटना भएका छन्। दिल्लीमा भएको हिंसालाई लिएर केन्द्रीय गृह मन्त्री अमित शाहले एक उच्चस्तरीय बैठक बोलाएको छ।
बैठकमा मुख्यमन्त्री अरबिंद केजरीवालसँगै दिल्ली प्रहरीका वरिष्ठ अधिकारी सहभागी भएका छन्। नागरिक संशोधन कानुनका समर्थक र विरोधीबीच भएको हिंसा तथा आगजनीमा अहिलेसमम एक प्रहरीसहित कम्तीमा १० जनाको मृत्यु भइसकेको छ। हिंसामा ४८ प्रहरी र करिब ९० आमनागरिक घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्