चक्कु आक्रमण



सान सेबा, (एजेन्सी)

अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले चक्कु प्रहार गरी एक किशोरीसहित ३ जनाको हत्या गरेको छ।

१८ वर्षीया युवतीले सान सेवामा शुक्रबार करिब साढे चार बजे फोन गरी आफूसहित चार जनामाथि घरभित्रै प्रवेश गरी चक्कु प्रहार गरेको प्रहरीलाई जानकारी दिएको सुरक्षा विभागका अधिकारी ब्रायन वास्कोले बताए।

प्रहरीले आक्रमणकारीको गाडीलाई पछ्याएर ती व्यक्तिलाई गिरफ्तार गरेको थियो। घटनामा ६२ वर्षीय पुरुष, ४४ वर्षीया महिला र अर्कीे एक युवतीको मृत्यु भइसकेको प्रहरीले बताए। २२ वर्षीय घाइते आक्रमणकारीको नाम उल्लेख गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्