सिख राष्ट्रियताको सम्मान



वासिङटन, (एजेन्सी)

अमेरिकी वायु सेनाले सिखसहित विभिन्न समुदायको धार्मिक भावनालाई ध्यानमा राख्दै आफ्नो ड्रेस कोडमा परिवर्तन गरेको छ। यसले ती समुदायका व्यक्तिहरूलाई सैन्य बलमा सहभागी हुन कुनै अड्चनको सामना गर्नुपर्ने छैन।

वायु सेनाको यो नयाँ नीतिलाई गत हप्ता अन्तिम रूप दिइएको थियो। नागरिक अधिकारका लागि काम गरिरहेको संस्था सिख कोअलिसनले कुनै पनि सिख अमेरिकीले आफ्नो धार्मिक मान्यता र आफ्नो करियरको महत्वाकांक्षाबीच चयन हुन नहुने जनाएको छ। वायुसेवामा नीतिगत परिवर्तन उसको अभियानको परिणाम भएको संस्थाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्