करेन्ट लागेर युवकको मृत्यु



दयाराम पण्डित,बाजुरा ।

बाजुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको त्रिबेणी नगरपालिका नं ३ तोलीका २४ वर्षीय लोकन्द्र साउँदको आज दिउसो करेन्ट लागेर मृत्यु भएको हो ।

कासागाड लघु जलविद्युत आयोजनाको विद्युततार पुर्न ममत गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय वाजुराका प्रहरी निरिक्षक दानवहादुर रोकायाले बताउनु भयो ।

दिउँसो विद्युत लाईनमा काम गर्ने क्रममा करेन्ट लागेपछि उपचारका लागि अछामस्थित बयालपाटा अस्पतालमा उपचारका क्रममा लोकेन्द्र सांउदको मृत्यु भएको त्रिबेणी नगरपालिका वडा नं ३ का वडाअध्यक्ष मीनवहादुर भण्डारीले बताउनु भयो । शुक्रबार दिनभर बाज्रामा अत्याधिक हुरी बतास चलेपछि विजुलीक ापोल तथा तारहरु चुडिदा बिद्युत सेवा अवरुद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्