धुन्चेमा ल्होसार विशेष कार्यक्रम सम्पन्न



सरस्वती न्यौपाने,रसुवा। 

“कला, संस्कृति, भाषा धर्मको प्रर्वद्धन र जर्गेना गरौँ रसुवाली कलाकार एक जुट हौँ” भन्ने नाराका साथ गोसाइकुण्ड गाउँपालिका ६ धुन्चेमा ल्होसार कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कलाकार समाज रसुवा र राष्ट्रिय संगीतकर्मी संघ रसुवाको आयोजनामा भएको ल्होसार विशेष कार्यक्रम तामाङ संस्कृति र लाङटाङ गोसाइकुण्डलाई पर्यटन वर्ष २०२० मा लाखौको संख्यामा बृद्धि गराउने उद्देश्यले गरिएको कार्यक्रम संयोजक दावा फिन्जो तामाङले जानकारी दिनु भयो ।

प्रतिनिधि सभा सदस्य माननिय मोहनआर्चायको प्रमुख आतिथ्यमा बागमति प्रदेश सभासदस्य द्धय प्रभात लामा र प्रेम तामाङ बागमति प्रदेश सभा सदस्य शान्ति थिङ लगाएतका विशिस्ट व्यक्तिहरुको उपस्थितिमाअवका दिनहरुमा घरमा मात्रै सीमित नराखी विश्वव्यापि प्रचार प्रसार गर्न लागिएको संयोजक तामाङले बताउनु भयो ।

कार्यक्रम भने जिल्लामा पहिलो चोटि गरिएको हो ।आफ्नो कला संस्कृति भेषभुषा र इतिहास लाई झल्काइ भावि पुस्ताले समेत जान्न र बुभ्न पाउन भनेर नै कार्यक्रम गरिएको हो ।

प्रतिनिधि सभा सदस्य माननिय मोहनआर्चायले कार्यक्रमको अवसरमा धुन्चेस्थिति सभाहल भुकम्पले तहस नहस भएको छ यसलाई १ वर्षभित्रै मर्मत हुने बाचा गरि रसुवा जिल्ला तामाङ समुदायको बाहुल्यता रहेकोले ल्होसार मात्र नभई हरेक पलपलमा तामाङ संस्कृति झल्कने कार्यक्रम हुनुपर्ने भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

धुन्चेमा अवस्थित चर्चित व्याण्ड लगायतका ख्याती प्राप्त गायक गायिका हास्यकलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो आगामिदिनहरुमा यस्ता कार्यक्रम भइरहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्