चट्याङ लागेर बालकको मृत्यु,आमा गम्भीर घाईते



न्युज अफ नेपाल ,अछाम ।

अछाममा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिका र ४ जैसुरको मिलनचोकमा रहेको धर्म कामीको घरमा शुक्रबार राती १४ महिने शिशु रोहित कामीको घटना स्थलमै मृत्यु भएको हो ।

मृतककी आमा भने चन्द्रा कामी गम्भीर घाइते भएकी छिन् । उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । सोही स्थान नजिकै गोठमा समेत चट्याङ लागेर तीनवटा गोरु मरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्