विपक्षीको लिङ्ग टोकिदिने एक फुटबल खेलाडीलाई ५ वर्षको प्रतिबन्ध



ऐजेन्सी । विश्वभर सबैभन्दा लोकप्रियता बटुलेको फुटबल खेलका आफ्नै नियमहरु हुन्छन् । कहिले काँही खेलाडीहरुले नियम उल्लङ्घन गरेमा उनीहरुलाई खेलबाट हटाइने तथा चेतावनी दिने गरेको हामीलाई अवगतनै छ ।

तर फ्रान्सका एक खेलाडीलाई भने पाँच वर्षसम्म फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । उनीमाथि प्रतिबन्ध लगाउनुको कारण भने सबैलाई अचम्मित पारिदिने खालको रहको छ । फ्रान्सको टेरभिल्ले सहरमा गत नोभेम्बर महिनामा स्थानीय एससी टेरभिल्ले र ए एस सोएट्रिक क्लबबीच भएको खेलमा एक खेलाडीले आफ्ना विपक्षीको गोप्य अगंनै टोकीदिएका छन् ।

दुई टिमबीच भएको सो खेल निकै तनावपूर्ण रहेको थियो । विभिन्न कुराहरुमा उनीहरु बीच खेल मैदानमा समेत झगडा बढेको थियो । खेलको समय सकिएपश्चात् दुई टिम बीच ड्रेसिङ रुमबाट सुरु भएको झगडा गाडी पार्क गर्ने ठाउँसम्म पुग्यो । दुई टिमबीच भएको झगडा छुट्टाउन पुगेका टेरभिल्ले क्लबका एक खेलाडीमाथि सोएट्रिक क्लबका अर्का खेलाडीले उनकाे लिङ्गमा आक्रमण गरेका थिए ।

विपक्षी खेलाडीले लिङ्ग टोकिदिएपछि घाइते भएका उनलाई तत्कालै अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याइएका उनको लिङ्गमा १२ वटा टाँका लगाउनु परेको छ ।

उक्त घटनापछि लिङ्ग टोकिदिने खेलाडीलार्य प्रहरीले पक्राउ गरेको छ । लिङ्ग टोकिदिने खेलाडिमाथि पाँच वर्षको प्रतिबन्ध लगाउनका साथै उनी आबद्ध एस एस सोएट्रिक क्लबलाई २ सय युरो जरिमाना तिराइएको छ । झगडा गरेको आरोपमा घाइते भएका खेलाडीलार्ई समेत आगामी जुनसम्मको लागि प्रतिबन्ध लगाइनुका साथै उनको क्लबलाई २ सय युरो जरिमाना तिराइएको छ ।

प्रतिक्रिया दिनुहोस्