महिलाको परिचयमा स्मार्टफोन ह्याक



जेरुसेलम, (एजेन्सी)। 

हमास लडाकू समूहले दर्जनौैं इजरायली सैनिकको स्मार्टफोन ह्याक गरेको खबर इजरायली सेनाले सोमबार सार्वजनिक गरेको छ। तिनीहरुले महिलाको नक्कली परिचय दिएर इजरायली सैनिकलाई फसाउने गरेको पछिल्लो अनुसन्धानले भण्डाफोर गरेको छ।

सैनिक प्रवक्ताले तिनीहरुले राम्री महिलाहरुको तस्वीर राखेर एप डाउनलोड गर्न उक्साउने गरेको र त्सपछि सजिलैसंग तिनीहरुको स्मार्टफोनसम्म पहुँच पु¥याउने गरेको बताएका छन्। तर प्रवक्ताले तिनीहरुको षड्यन्त्र भण्डाफोर हुँदासम्म त्यति धेरै र महत्वपूर्ण सैन्य सूचना चुहिन नपाएको पनि बताएका छन्।

गाजा क्षेत्रमा नियन्त्रण जमाएर बसेको हमास समूह र इजरायलले एकले अर्कालाई कटर शत्रुका रूपमा हेर्ने गरेका छन्। पछिल्ला वर्षहरुमा हमासले इजरायली सैनिकका फोनमा पहुँच पु¥याउन गरेको यो तेस्रो प्रयास भएको इजरायली लेफ्टिनेन्ट कर्णेल जोनाथन कोन्सकिसले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्