दिगो विकास लक्ष्य प्राप्तिमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण



lrKn]9’+uf, % kmfu’g . /fl:6«o tYof+s laefusf] cfof]hgfdf /fl:6«o hgu0fgf @)&* tof/L tyf cfufdL sfo{ of]hgf tof/L ;Gbe{df ;~rf/ tyf k|rf/ k|;f/sf nflu ;~rf/sdL{;Fu cGtlqm{of sfo{qmddf sf:sLsf k|d’v lhNnf clwsf/L /d]zs’df/ s];L . t:jL/ M hd’gf jiff{ zdf{, /f;;

चिप्लेढुङ्गा । 

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरधारी शर्माले दिगो विकास लक्ष्य प्राप्तिका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गण्डकी प्रदेश नीति तथा योजना आयोग र नेपाल पत्रकार महासङ्घ कास्की शाखाको आयोजना भएको ‘दिगो विकास लक्ष्य र सञ्चारकर्मी’को भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा शर्माले राजनीतिक मुद्दाभन्दा बढी विकास विषयमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

दिगो विकास लक्ष्य प्राप्तिमा सञ्चारकर्मीको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्दै उहाँले दिगो विकास लक्ष्य जनताको जीवनमा संरचनागत परिर्वतन गर्न ल्याइएको विकास एजेण्डा रहेकाले यसको स्थानीयकरण गर्न आवश्यक रहेको बताउनुभयो । शर्माले सुशासन शिक्षाको विकासमा समेत लाग्न पत्रकारलाई आग्रह गर्नुभयो ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाल सरकारले कूल ४७९ सूचक तयार गरेकामा गण्डकी प्रदेश सरकारले १३९ सूचकलाई उपयुक्त मान्दै सोहीअनुरुप योजना बनाइरहेको बताउनुभयो । यसमा गरिबी अन्त्यका लागि १४, शून्य भोकमरीका लागि आठ, लैङ्गिक समानता १६, गुणस्तरीय शिक्षा १५, स्वास्थ्य तथा कल्याण आठ गरी प्राथमिकताका आधरमा दिगो विकासका १७ वटा लक्ष्यका सूचक तोकिएका छन् ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सरकारले योजना कागजीरुपमा बनाउने तर पूरा गर्ने बाटोमा हिँड्ने काम नगरेका कारण खबरदारी आवश्यक रहेको बताउनुभयो । उहाँले दिगो विकास लक्ष्यको आगामी १० वर्ष राज्यलाई विकास र समृद्धका बनाउन पत्रकारको कलम चल्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ समृद्धि सबैको साझा लक्ष्य बनाउनसके सफल हुने भन्दै पत्रकारले निरन्तर कलम चलाइरहेको बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि नागरिक सङ्घसंस्था, पत्रकारले राज्यलाई सचेत गराउँदै सहयोगी भूमिका खेल्नुपर्ने भनाइ राख्नुभयो । नेपाल पत्रकार महासङ्घ कास्की सल्लाहकार रमेश पौडेलले पत्रकारको अबको ध्यान दिगो विकासका लक्ष्य प्राप्तिमा रहने गरी अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रम नागरिक समाजका व्यक्तित्व र सञ्चारकर्मी सहभागिता रहेको थियो ।
तस्वीर : रासस

प्रतिक्रिया दिनुहोस्