सवारी दुर्घटनामा बहिनीसहित नायिका सिलवालको निधन



नायिका तथा मोडल महिमा सिलवाल र उनकी बहिनीको सवारी दुर्घटनामा निधन भएको छ।बुधबार काठमाडौंबाट चितवनस्थित घर जाने क्रममा करिब साँझ पौने ६ बजे गजुरीमा उनी सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा उनकोे घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लु२ख १३५ नम्बरको बसले उनी सवार बा९८प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो। स्कुटरमा महिमासँगै उनकी बहिनी शर्मिला सिलवालको पनि निधन भएको छ। शर्मिलालाई उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमै निधन भएको थियो।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमा काठमाडौंमा बस्दै आएकी थिइन्। कारबाही नामक फिल्मबाट अभिनय यात्रा शुरू गरेकी महिमाले एक दर्जन जति म्युजिक भिडियोमा अभियन र मोडलिङ गरेकी थिइन् भने अप्रिल फुल, चियर्स, दानव, जिगलोलगायतका फिल्ममा अभिनय गर्दै अभिनय गरियर बनाउने कोसिस गर्दै आएकी थिइन्। केही फिल्ममा अभिनय गर्दै आए पनि माथि उठ्न नसकेपछि उनले केही वर्षअगाडि माही सिलवालका नाममा नयाँ ढंगले काम गर्न थालेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्