स्कुटर दुर्घटनामा नायिका महिमा र उनकी बहिनीको मृत्यु



न्युज अफ नेपाल,काठमाडौं ।

बुधबार साँझ स्कुटर दुर्घटनामा नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु भएको छ ।नायिका सिलवाल र उनकी बहिनी शर्मिला सवार स्कुटर बससँग ठोक्किएर मृत्यु भएको हो ।

धादिङको गजुरी गाउँपालिका २, चाम्बासमा दुर्घटनामा भएको हो । महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

चितवनको भरतपुर १३, गीतानगर स्थायी ठेगाना भएका उनीहरु बुधबार साँझ दुर्घटनामा परेका थिए ।भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ पौने ६ बजे ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्