भारतले बनायो गुल्मीमा क्याम्पस



काठमाडौं, (नेस)।

गुल्मीको चन्द्रकोट गाउँपालिकामा भारत सरकारको अनुदान सहयोगमा निर्मित चन्द्रकोट क्याम्पस भवनको उद्घाटन गरिएको छ। सो उद्घाटन समारोहमा भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका काउन्सिलर डा. प्रफुल्लचन्द्र शर्माले दूतावासको प्रतिनिधित्व गर्नुभयो।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्री, जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनीलगायत स्थानीय राजनीतिक तथा सामुदायिक अग्रजहरुको उक्त समारोहमा उपस्थिति थियो।

भारत सरकारको ४०.९९ रुपियाँ मिलियन अनुदान सहयोगमा निर्मित यस तीन तल्ले नयाँ संरचनामा १२ वटा कक्षाकोठा, कार्यालय भवनका साथै प्रत्येक तलामा छात्रछात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ। गुल्मी जिल्ला समन्वय समितिले सो परियोजनाको कार्यान्वयन गरेको हो।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाइ वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्ने सहयोगीका रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकारले खुसी व्यक्त गरेको जारी विज्ञप्तिमा जनाइएकोे छ।

प्रतिक्रिया दिनुहोस्