महिलाको हक सुरक्षित गर्न आग्रह



काठमाडौ (नेस)।

राष्ट्रिय सूचना आयोगको आयोजनामा सूचनाको हकसम्बन्धमा महिला सशक्तीकरण सम्बन्धी एक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सूचनाको हकसम्बन्धी कुरा गर्दा कर्तव्यबारे पनि ख्याल गर्नुपर्ने, काठमाडौँमा मात्र नभई दूरदराजमा पनि यस्ता कार्यक्रमको आयोजना गर्नुपर्ने र नेपालको संविधानले महिलाको सहभागिता सम्बन्धमा महत्वपूर्ण व्यवस्था गरेको विचार व्यक्त गर्नुभयो।

प्रतिनिधि सभा विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले महत्वपूर्ण विषयमा कार्यक्रम आयोजना गरेकोमा आयोगलाई धन्यवाद दिदै महिलाका लागि सूचनाको हक महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले सूचनाको हकले लोकतन्त्रमा विचार अभिव्यक्तिमा महत्वपूर्ण कार्य गर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ्गले महिलाको विषयमा महत्वपूर्ण रहेकोले कार्यक्रम आयोजना गरिएको र आयोगका आगामी कार्यलाई प्रभावकारी बनाउन रणनैतिक रुपमा अगाडि बढ्न खोजिएकोले सबैसँग सहकार्य गर्दै आयोग अघि बढेमात्र सुशासन कायम गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्ने बिचार व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्