विशेष सफाई अभियान चलाइने



नेपाल समाचारपत्र, ललितपुर।

ललितपुर महानगरपालिका–१८ले वृहत सरसफाई कार्यक्रम आयोजना गर्ने भएको छ।
वडा वातावरण समितिको अगुवाईमा यही फागुन ३ गते सो कार्यधm आयोजना गर्न लागेको हो।

कार्यक्रममा वडा, उपभोक्ता समिति, क्लब, महिला समुह लगायतको सहभागिता हुनेछ। तीन समुह विभाजन गरी गर्न लागिएको सफाई कार्यक्रममा पहिलो समुहले नख्खु, शहिद धर्मभक्त स्कुल, मेडिसिटी अस्पताल, हाइल्याण्ड, निर्मल स्कुल र विनायक कोलोनी हुदै वडा कार्यालय पुग्नेछ। सो समुहको संयोजक मिलनवस्ती टोल सुधार समितिका अध्यक्ष लक्ष्मण कट्वालले गर्नुहुनेछ।

भञ्याङदेखि मगरगाउँहुदै वडा कार्यालय सम्म दोस्रो समुहको सफाई कार्यक्रमको वालकुमारी श्रृजना क्लबका उपाध्यक्ष एवं वातावरण समितिका संयोजक वीरेन्द्र थापाले गर्नुहुने भएको छ। लामो समयदेखि सफाई र जनचेतना अभियान संचालन गर्दै आएको क्लबले सो अभियानमा सबै कार्यसमितिका पदाधिकारीको सहभागिता हुने जनाएको छ।

कार्यक्रममा क्लबका अध्यक्ष शालिकराम कुवँर,महासचिव किशोर कुँवर, सचिव पुष्कर केसी,कोषाध्यक्ष दीपक थापा मगर, सदस्य रामचन्द्र थापा, राजेश थापा, राजकुमार कुँवर,रवि थापा, पुरुषोत्तम थापा लगायतको सहभागिता रहनेछ।

कार्यक्रममा वालकुमारी सामुदायिक वनका अध्यक्ष नवराज कुँवर लगायत वन तथा वातारण समितिको पदाधिकारीको सहभागिता रहने भएको छ। त्यस्तै शिवराम खड्का संयोजक रहेको तेस्रो समूहले खोकना दोबाटोदेखि महिला भवन, सैबु आवासक्षेत्र लगायत स्थानको सफाई गरी वडा कार्यालयमा भेला हुने छ।

सफाई कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिने वडा सदस्य एवं वातावरण समितिका संयोजक गोपाल डंगोलले जानकारी दिनुभयो। उहाले भन्नुभयो–सडक र शहरमा फोहोर नगरौं भन्ने नाराका साथ आयोजना गर्न लागेको कार्यक्रममा फोहोर मैलासंग आबद्ध संघ संस्थाले सहयोग गर्नेेछ।

आफ्नो घर , सडक पेटी सधै सफा राख्न र फोहोर व्यवस्थापन गर्ने विषयम जनचेतना दिन सफाई कार्यक्रम आयोजना गरेको संयोजक डंगोलको भनाई छ।वडाले पहिलो चरणमा अभियान संचालन गरे लगत्तै सडक सफा राख्न विभिन्न कार्यक्रम आयोजना गर्नेछ। वडा नम्बर १८ का अध्यक्ष पुरुषोत्तम खड्काले घर मात्रै सफा गर्ने परम्परालाई अन्त्य गरी सम्पुर्ण वडा सफा गर्ने योजना सहित अभियान थालनी गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्