लिम्बू अवार्ड सम्पन्न



लिम्बू फिल्म तथा म्युजिक भिडियोको संयुक्त अवार्ड एफएलएफ अवार्ड २०७६ राजधानीमा सम्पन्न भएको छ।सात लिम्बू फिल्म र २० म्युजिक भिडियो सहभागी भएको अवार्डमा लिम्बू फिल्मबाट निर्देशक सागर केरुङ, नायक भीम तुम्बाहम्फे, नायिका पुष्पा लिम्बू, गायक मनि ताम्लिङ, गायिका श्रेयसी चेम्जोङ, संगीत कुल्बा सुब्बा, कथाकार सागर केरुङ र छायांकार भुपेन्द्र तुम्बाहम्फेले अवार्ड पाए।

त्यस्तै म्यूजिक भिडियोतर्फ निर्देशक लोकेन सावाँ लिम्बू, गायक सुसन साम्सोहाङ, गायिका दिपा सुहाङ, नायक तथा मोडल रुद्र पाहिम लिम्बू र नायिका तथा मोडल लक्ष्मी योङहाले अवार्ड पाए। गायक निर्मल तुम्बाहम्फेले पब्लिक अवार्ड, जुरी नायक नरेन्द्र सेन्दाङ र नायिका वविता फोम्बोले पब्लिक अवार्ड पाए। नवनायकतर्फ विशाल सेनेहाङ उत्कृष्ट ठहरिए। गायक भगत सुब्बालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको कार्यक्रममा निर्देशक मदन घिमिरे, गायका धिरज राई र पत्रकार पारसमणि पौडेललाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्