प्रेम गीत–३ को मूल्य ४५ हजार डलर



निर्माण कार्य शुरू भएदेखि नै चर्चामा रहेको फिल्म प्रेम गीत– ३ विदेश राइट्सअन्तर्गत अमेरिका, क्यानडा र मेक्सीको (नर्थ अमेरिका) का लागि ४५ हजार डलर (नेपाली मुद्र्राअनुसार ४५ लाख रुपियाँभन्दा बढी) मा बिक्री गरिएको छ।

यी देशका लागि ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष एवम् कलाकार नवराज श्रेष्ठले राइट्स खरिद गरेको निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराएका छन्।

अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङको महत्वकांक्षी फिल्म भनिएको प्रेम गीत–३ आगामी चैत २८ गतेदेखि अल नेपाल रिलिज हुँदै छ। फिल्मको गीत हात्ती ढुंगामाको भिडियो रिलिज यसै साता युट्युब ट्रेन्डिङको नम्बर एकमा पर्न सफल भएको छ।

फिल्मको माग बढेको र युरोप एवम् अस्ट्रेलिया राइट्स पनि बेच्ने निर्देशक सेनले जानकारी गराए। प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतलगायतले मुख्य भूमिकामा अभिनय गरेको फिल्ममा कल्यान सिंहको संगीत, कविराज गहतराजको नृत्य, राजेश श्रेष्ठको छायांकन तथा वनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ। फिल्म छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका छन् भने फिल्मको निर्माता सन्तोष सेन हुन्। कुमार सान शाह फिल्मका सहनिर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्