कालोपत्रे एक महिना नबित्दै भत्कियो



सरोज यादव, विराटनगर

प्रदेश १ को राजधानी विराटनगरसँग जोडिएको मोरङको कटहरी गाउँपालिका ६ स्थित थलाहा नहरमा गरिएको एक किलोमिटर कालोपत्रे एक महिना नबित्दै गिटीमा परिणत भएको छ। प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्रालयको योजनामा निर्माण गरिएको कालोपत्रे सडकको अवस्था जीर्ण बनेको छ।

कटहरी गाउँपालिका ६ स्थित थलाहा नहरमा गरिएको एक किलोमिटर कालोपत्रे एक महिनाअगाडि सैनिक इलाकामा निर्माण गरिएको सडक हो। प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्रालयको योजनामा निर्माण गरिएको कालोपत्रे सडकको अवस्था यतिखेर गिटी र बालुवामा सीमित हुन पुगेको छ। सडक निमाण गर्दा सरकारी निकायका कर्मचारीहरुको उपस्थिति भने शून्य रहेको पाइन्छ।

कर्मचारी र ठेकेदारबिचको मिलोमतोले कालोपत्रे सडकको अवस्था जीर्ण बनेकोमा दुई मत छैन। यो जीर्ण हुँदै गएको कालोपत्रे सडक भत्किन सकिने प्रबल सम्भावना रहेको छ। सडक भत्किदा स्थानीय र सूर्य दल गणका सयौं नेपाल सैनिकहरु सडकबाट हिँड्न वञ्चित हुनेछन्। सरोकारवाल निकायको बेवास्ताका कारणले आज कालोपत्रे सडक एक महिना नहुँदै भत्किएको स्थानीय अनिलकुमार यादवको भनाइ रहेको छ।

कालोपत्रे निमार्ण गर्न खटिएको कर्मचारी र ठेकेदारलाई कार्वाही गर्नुपर्ने उहाँले बताउनुभयो।प्रदेश न. १ का सरकारले कालोपत्रे सडक निर्माणमा गरेको लगानी बालुवामा पानी हालेको बराबर भएको छ। गाउँभरि हल्ला भयो – कालोपत्रे हुँदै छ।

तर एक महिना नहुँदै भत्किएको कुरा स्थानीय भानु श्रेष्ठ बताउनुहुन्छ। उहाँले तत्काल सरकारले स्थलगत अनुगमन गर्नुपर्छ भन्ने कुरा पनि बताउनुभयो। यहाँ निर्माण गरिएको कालोपत्रे सडकबाट कटहरी गाउँपालिकाका ६, ७ र ग्रामथान गाउँपालिकाका वडा नम्बर ४ लगायतका दैनिक १ हजारभन्दा बढी मानिसहरूले विराटनगर आवत–जावत गर्छन्।

भरखरै बनेको कालोपत्रे सडक एक महिना नबित्दै सडक भत्किनुको कारण ठेकेदारको लापर्वाही रहेको कुरा स्थानीय मनोज परियारको भनाइबाट स्पष्ट हुन्छ। काम सही तरिकाले नगरेको र बजेटलाई सही सदुपयोग नगरेको कारणले सडकको अवस्था एक महिना नहुँदै जीर्ण भएको उहाँले बताउनु भयो।

लोहन्द्रा घाटदेखि एक किलोमिटर उत्तर सूर्य दल गण सैनिक ब्यारेकसम्म कालो पत्रे सडक निर्माण गरिएको छ। कालोपत्रे निर्माण गर्ने ठेकेदार र प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्रालयबाट खटिएका इन्जिनियरले यो कालोपत्रे सडक केमिकलयुक्त रहेकाले ५ वर्षसम्म टिक्ने स्थानीयहरुलाई आश्वासन दिएको स्थानीय श्रवण सहनीको भनाए छ।

प्रतिक्रिया दिनुहोस्