प्रहरीलाई ८० हजार घूस दिने पक्राउ



काठमाडौं, (नेस)।

थुनामा रहेका व्यक्तिलाई म्याद थप नगराइदिने भन्दै ८० हजार घूस दिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त जनसेवामा चोरी मुद्दामा थुनामा रहेका एक व्यक्तिलाई म्याद थप नगरिदिन भन्दै सो वृत्तका मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षकलाई उक्त रकम घूस बापत दिन खोज्ने सुरेन्द्र मण्डललाई पक्राउ गरिएको सो वृत्तले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्