रिलिज डेटलाई लिएर उत्साहीत विश्वजीत



न्युज अफ नेपाल,काठमाडौँ ।

नेपाली कथानक चलचित्र लभ डायरीजबाट डेब्यू गर्न लागेका कलाकार विश्वजीत रिमाल चलचित्र रिलिज डेटलाई लिएर उत्साहित देखिएका छन् । चलचित्रमा आफ्नो अभिनयलाई दर्शकले मन पराउने कुरामा उनी विश्वस्त छन् ।

माँ दुर्गा मस्रुम ईण्डष्ट्रिका मालिक समेत रहेका रिमाल कलाकारितामा नयाँ अनुहार हुन् । सानैदेखिको कलाकारिताप्रतिको रुचीका कारण आफू अभिनय क्षेत्र अंगालेको उनी बताउँछन् । जया माया लगायतका केही नाटकहरुमा समेत अभिनय गरको बताउने रिमालले करिब सात महिना कलाकार सुनील पोख्रेलसँग अभिनय सिकेका हुन् ।

चलचित्र क्षेत्रमा लागेर पैसा कमाउने भन्दा पनि चलचित्र क्षेत्रलाई केही योगदान दिने चाहाना रहेको उनी बताउँछन् । दर्शकको माया र करियर महत्वपूर्ण भएकाले आफू जस्तोसुकै परिस्थितमा पनि फिल्म क्षेत्रमा लागिरहने उनको सोँच रहेको बताउँछन् । त्रिचन्द्र बहुमुखी क्याम्पसबाट बिएस्सीसम्मको अध्ययन गरेका रिमाल अध्ययनलाई अझै निरन्तरता दिने बताँउछन् ।

यो चलचित्रबाट नायिका रुबीना थापा पनि डेब्यू गर्दैछिन् । चलचित्र आगामी फागुन २ गते भ्यालेन्टाईन डेको अवसर पारेर प्रदर्शन हुँदैछ । । यतीबेला चलचित्र निर्माण टिम  प्रचारप्रसारमा ब्यस्त छन् ।

बिनोद सापकोटाले निर्माण गरेको चलचित्रलाई सौरभ चौधरी  निर्देशन गरेका हुन् ।   फिल्ममा सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमालको मुख्य छ । फिल्म मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्