नहरले बगाउँदा बालिकाको मृत्यु



बागलुङ, (नेस)।

बागलुङको बडिगाड गाउँपालिकामा ४ वर्षीया बालिकाको नहरले बगाएर ज्यान गएको छ। बडिगाड गाउँपालिका–५ ग्वालीचौरकी ४ वर्षीया सिजन नेपालीको आमासँग भाँडा धुन गएको समयमा नहरले बगाएर ज्यान गएको हो।

सोमबार बिहान नहरमा भाँडा धुन गएकी आमासँग खेल्दै गएकी नेपाली स्थानीय ग्वालीचौर जलविद्युत् आयोजनाको नहरमा खसेकी थिइन्।

विकलाई नहरले बगाएर २ सय मिटर तल पु¥याएको र तत्काल उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारका लागि लैजाने क्रममा मृत्युु भएको प्रहरी चौकी ग्वालीचौरका प्रहरी हवल्दार दीपेन्द्र सिंह विसीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्