विद्यार्थीलाई तरकारी खेती तालिम



{“caption”:”u0930u0941u0915u0941u092e u092au0936u094du091au093fu092eu0915u094b u0906u0920u092cu0940u0938u0915u094bu091f u0928u0917u0930u092au093eu0932u093fu0915u093eu2013u0968, u0915u094b u0938u0930u0938u094du0935u0924u0940 u0906u0927u093eu0930u092du0942u0924 u0935u093fu0926u094du092fu093eu0932u092fu0915u094b u0915u0930u0947u0938u093eu092cu093eu0930u0940u092eu093e u0915u093eu092e u0917u0930u094du0926u0948 u0935u093fu0926u094du092fu093eu0930u094du0925u0940u202fu0964 u0924u0938u094du092cu093fu0930 : u0939u0930u093f\/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

अमृत अर्याल,स्याङजा।

स्याङजाको गल्याङ नगरपालिका– ३ स्थित गल्याङ बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई अदुवा खेती तथा तरकारी खेती सम्बन्धी तालिम प्रदान गरिएको छ । जी.एम.सी कृषि तथा पशुपालन समुहको आयोजनामा विद्यार्थीलाई तालिम प्रदान गरिएको हो ।

क्याम्पसको सभाहलमा सुरु भएको तालिममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले कृषि क्षेत्रमा नगरपालिकाले सफलता हात पार्दे गएको बताउनुभयो ।

उहाँले आर्थिक समृद्धिका लागि कृषि अपरिहार्य रहेको भन्दै कृषि क्षेत्रमा युवाहरुको आर्कषण बढ्नु राम्रो पक्ष भएको बताउनुभयो ।

नगर प्रमुख अधिकारीले कृषि क्षेत्रको बारेमा विद्यार्थीलाई ज्ञान सीप प्रदान गर्न सकियो भने उनीहरुबाट अन्य व्यक्तिमा सीप हस्तान्तरण हुने बताउनुभयो ।

कृषि तर्फ विद्यार्थीको रुचि बढ्दै गएकोमा आफुलाई खुशी लागेको बताउदै कृषिमुलक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिन उहाँले सुझाव दिनुभयो ।

तालिममा गल्याङ बहुमुखी क्याम्पसमा अध्ययनरत १२५ जना विद्यार्थीको सहभागिता थियो । तालिमको गल्याङ नगरपालिका कृषि शाखाका प्रमुख शिव ढकाल, अदुवा विशेषज्ञ शिव न्यौपानेले सहजिकरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्