डोटीमा बँदेलको आक्रमणबाट महिला गम्भीर घाइते



डोटी, (नेस)।

डोटीको केआइसिंह गाउँपालिका–७ सलेनामा जङ्गली बँदेलको आक्रमणमा परी स्थानीय तुलसी भण्डारी गम्भीर घाइते हुनु भएको छ। सलेनाबाट शिखर नगरपालिका–१ कपल्लेकी जानेक्रममा उहाँलाई जङ्गली बँदेलले आक्रमण गरेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ।

घाइते भण्डारीको दिपायलमा रहेको राजपुरमा अस्पतालमा उपचार भइरहेको छ।बँदेलको आक्रमणबाट गम्भीर घाइते भएकी भण्डारीको शरीरका विभिन्न भागहरूमा ठुल्ठूला चोट लाग्नुका साथै केही ठाउँमा शरीर क्षतविक्षत भएको सो अस्पतालका स्वास्थ्य प्रमुख अर्जुन बलायरले जानकारी दिनुभयो।

जिल्लाको खप्तड राष्ट्रिय निकुञ्जबाट जङ्गली बँदेल गाउँ बस्तीमा आहारका लागि छिर्ने गरेको र गाउँमा स्थानीयमाथि आक्रमण गर्ने क्रम बढेको स्थानीयवासीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्