सिन्धुलीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, १३ जना घाईते



बुद्ध नेपाली,सिन्धुली ।

सिन्धुलीको दुधौली नगरपालिका –१ को ग्रामीण सडकमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् ।दुर्घटनामा परी दुधौली नगरपालिका –१ गिचियानिका ब्रह्मलाल धामीको मृत्यु भएको छ । दुधौली नगरपालिका १ टोड्केपानी जंङगल स्थित डकाहा चकमके ग्रामिण सडक खण्डमा जंङगलबाट दाउरा लोड गरी डकाहा तर्फ आउदै गरेको लु ८३ त ६८९० नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी तीन जना गम्भिर घाईते भएका छन् । गम्भिर घाईते दुधौली नगरपालिका वडा नं. १ गिचियानिका ५० बर्षका राम भरोसा धामी सोही ठाउँका ४८ बर्षका राम कुमार धामी र २२ बर्षका शुक्ला धामीलाई जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पछि थप उपचारका लागी शनिवार नै काठमाडौंस्थित ट्रमा सेन्टर पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नाउवपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा घाईते भएका दुधौली नगरपालिका १ का दबु धामी, दिपेश पुरी,सिता धामी, मिरा धामी, सुनिता चौधरी, मनिसा कुमर, कुमारी कुमर, लक्ष्मण कुमर, रामकुमार कुमर, चालक कुल वहादुर तामाङको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्