वडा सदस्यको निधन



बैतडी, (नेस)।

बैतडीमा एक वडा सदस्यको निधन भएको छ। निधन हुनेमा सिगास गाउँपालिका वडा नं ८ का वडा सदस्य ४८ वर्षीय सुरजामती दमाईँ रहेका छन्।

लामो समयदेखि श्वासप्रश्वासका बिरामी रहेका वडा सदस्य दमाईको आइतवार घरमै मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो।

मृतक दमाई स्थानीय तहको निर्वाचनमा उक्त वडाबाट नेपाली कांग्रेसबाट दलित महिलामा निर्वाचित हुनुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्