२७ वर्षदेखि विवाहित, दुई छोरीका बाबु बनेपछि प्रस्तोताले भने, ‘म समलिङ्गी हुँ’

0
Shares

एजेन्सी,
एक चर्चित टेलिभिजन प्रस्तोताको यतिबेला निकै चर्चा भएको छ। उनले अहिले आएर आफू समलिङ्गी भएको घोषणा गरेका छन् । उनले आफूले हिम्मत बटुलेर आफ्नो यौन अभिविन्यासबारे जानकारी गराएको बताएका छन्।

आफूलाई हिम्मत गरेर आफ्नो पहिचान खुलाएको भन्दै उनको चौतर्फी चर्चा भएको छ। ५७ वर्षीय बेलायती टेलिभिजन प्रस्तोता फिलिप स्कोफिल्डले २७ वर्ष पहिले विवाह गरेका हुन्। अहिले उनका दुई छोरी पनि छन्। दिस मर्निङ टिभी शोका प्रस्तोताले आफ्नो इन्स्टाग्राम पोष्टमार्फत् आफ्नो पहिचान बारे जानकारी दिएका थिए ।

उनले श्रीमती र छोरीको सहयोगमा आफ्नो यौनिकता हिम्मत गरेर सार्वजनिक गरेको बताएका छन्। इन्स्टाग्राममा उनका ३० लाख बढी फलोअर्स छन् । आफ्नो यौनिकताको विषयमा उनले के–कस्ता समस्याबाट गुज्रनु पर्‍यो, यसबारे उनले टिभी शोमा पनि कुरा गरेका छन् ।

उनले भनेका छन्, ‘यौनिकताको विषयमा यति संघर्ष गर्नुपर्‍यो कि मैले आत्महत्या गर्नेबारे पनि सोचेको थिएँ।’ फिलिपले भने, ‘२७ वर्ष अघि विवाह गर्नेबेलामा पनि मलाई आफू समलिङ्गी भएको थाहा थियो तर मैले आफ्नो भावना दबाएँ ।’ फिलिपले सार्वजनिक रुपमा यौनिकताबारे खुलासा गरेपछि श्रीमती स्टेफनी लोवले यो उनको समग्र वैवाहिक जीवनको सबैभन्दा पीडादायी र भावुक पल भएको बताइन् ।

इन्स्टाग्राम पोष्टमा फिलिपमा लेखेका थिए, ‘बाहिरबाट हेर्दा कसैको जीवन उत्कृष्ट देखिएला तर उनीहरु के कुरामा संघर्ष गरिरहेका छन् भन्नेबारे तपाईंलाई थाहा हुँदैन। त्यसकारण तपाईंलाई यो पनि थाहा छैन कि पछिल्लो केही वर्षमा मलाई के कुराले भित्रभित्रै खाइरहेको छ।’

Skip This