साउदी अरेबियाले रोक लगाएपछि ओआइसीको बैठकमा सहभागी हुन पाएन इरान



एजेन्सी । साउदी अरबले मुसलमान देशहरुको संगठन अर्गनाइजेसन अफ इस्लामिक को-अपरेशन (ओआईसी) को बैठकमा इरानलाई सहभागी हुन रोक लगाएको छ ।

सोमबार साउदी अरबको जेद्दामा बस्न लागिएको ओआईसीको बैठकमा इरानका प्रतिनिधिमण्डीलाई भीषा नै नदिइएको सञ्चार माध्यमले जनाएका छन् । सो बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मध्य–पूर्वशान्ति सम्झौता प्रस्तावमा बहस हुने जनाइएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीका अनुसार उक्त घटनाबारे इरानकोले ओआईसीमा गुनासो दर्ता गराएको छ । साउदी अरेबियाले ओआइसीमा आफ्नो पदको दुरुपयोग गरेको आरोप इरानले लगाएको छ ।

यस विषयमा साउदी अरेबियाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्