क्यान्सरबाट बच्न धुम्रपान त्याग्नैपर्ने



लन्डन, (एजेन्सी)।

वैज्ञानिकहरूले धुमपानकर्तालाई एउटा खुसीको खबर ल्याएको छ। तिनीहरूका अनुसार मानव फोक्सोसँग धुमपानको कारण पुगेको क्षति मर्मत गर्ने एक प्रकारको जादुमय क्षमता रहेको छ। तर यसका लागि भने धुमपान त्याग्नै पर्ने बताइएको छ। विगतमा फोक्सोको क्यान्सरमा देखिने समस्या स्थायी हुने तथा धुमपान त्यागे पनि त्यसमा केही परिवर्तन नआउने सोचिने गरिन्थ्यो।

तर हेल्थ जर्नल नेचरमा प्रकाशित एक अनुसन्धान प्रतिवेदनमा भने फोक्सोका क्षति हुनबाट जोगिएका केही कोषले फोक्सोको मर्मत गर्न सक्ने उल्लेख गरिएको छ। धुमपान चटक्कै छोड्नुअघि ४० वर्षसम्म दिनको एक प्याकेट चुरोट पिउनेहरूमा पनि यो सकारात्मक असर भेटिएको छ।

चुरोटमा रहेका हजारौं प्रकारका रसायनिक पदार्थले मानिसको फोक्सोको कोषका डीएनएलाई प्रभावित गर्ने र विस्तारै क्यान्सरका लक्षण विकास हुँदै जाने बताइएको छ। बेलायतमा प्रत्येक वर्ष करिब ४७ हजार व्यक्तिमा फोक्सोको क्यान्सरको समस्या देखिने गरेको छ। तीमध्ये झन्डै तीन तिहाइको प्रमुख कारण धुमपान नै हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्