पहिलो कोरोना भाइरस संक्रमित ४ वर्षिया बालिकासहित ३२८ जनालाई अस्पतालबाट डिस्चार्ज गरियो

चीनमा मात्रै ३०४ जनाको मृत्यु

0
Shares

ऐजेन्सी । चीनमा पहिलो कोरोना भाइरस संक्रमित ४ वर्षिया बालिकालाई निको भएपछि शनिबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । शनिबार रातिसम्ममा उक्त बालिकासहित ३२८ जना मानिस अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

अस्पताल भर्ना भएका उनीहरुमा भाइरसको लक्षण देखा पर्न छोडेपछि डिस्चार्ज गरिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले जनाएको छ । एनएचसीका अनुसार संक्रमित व्यक्तिको शरीरको तापक्रम कम्तिमा तीन दिनसम्म सामान्य दायरामा रहेमा र दुई पटकसम्मको न्यूक्लिक एसिड परीक्षणमा नकारात्मक परिणाम देखिएमा बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ ।

शनिबार रातिसम्मको तथ्यांक अनुसार चीनमा मात्रै ३०४ जनाको मृत्यु भइसकेको छ । यस्तै, १४ हजार ३८० जनामा भाइरसको संक्रमण देखा परेको छ ।

उक्त भाइरसले फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।