ट्रम्प महाअभियोगबाट बच्ने करिब निश्चित

0
Shares

वासिंगटन, (एजेन्सी)।

अमेरिकी सिनेटरहरूले साक्षीहरूलाई बोलाउने वा नयाँ प्रमाणहरू स्विकार्ने विरुद्ध मतदान गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो महाभियोग मुद्दाबाट सफाइ पाउने देखिएको छ। डेमोक्रेटहरूले चार जना रिपब्लिकनले साक्षीका लागि मतदान गर्ने आशा गरेका थिए।

यदि त्यसो भएको भए मुद्दा लम्बिन सक्थ्यो। तर अन्तिममा आएर चार जनामध्ये दुईजना रिपब्लिकनले मात्र डेमोक्रेटहरूसँग मतदान गरेका थिए। अब यो मुद्दा राष्ट्रपति ट्रम्पलाई सफाइ दिने वा नदिने भन्ने विषयमा मतदानमा प्रवेश गर्ने भएको छ।

सो मतदानको परिणाम ट्रम्पकै पक्षमा रहने निश्चित छ। ट्रम्पको रिपब्लिकन पार्टीका सदस्यहरू बिनासाक्षी वा नयाँ प्रमाणसहितको मुद्दा छिटो तय गर्न चाहन्छन्। साथै तिनीहरू सिनेटरले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोहन बोल्टनको कुरा नसुनोस् भन्ने पनि चाहेका छन्।

न्युयोर्क टाइम्सका अनुसार बोल्टनले आफ्नो प्रकासोन्मुख पुस्तकमा ट्रम्पले आफूलाई डेमोक्रेटिक राजनीतिक प्रतिद्वन्द्वी जाय वाइडनको अपमानको वदलामा युक्रेनलाई दिइँदै आएको सैनिक सहयोगको सौदा गर्न आदेश दिएको उल्लेख गरेका छन्।