विमान चिप्लिएर राजमार्गमा पुग्यो



तेहरान, (एजेन्सी)।

अवतरणको क्रममा धावनमार्गमा चिप्लिन पुगेको एउटा इरानी योत्रुवाहक विमान सोमबार राजमार्गमा दुर्घटनाग्रस्त हुन पुगेको सुरक्षाकर्मीले जनाएको छ। महासाहर शहरमा भएको यस दुर्घटनामा विमानमा सवार १ सय ३६ जनामध्ये २ जनाको खुटामा चोट लागेको अपताल सुत्रले बताको छ।

क्यास्पियन एयरलयनसको म्याकडोनल डाग्लस एमडि–८३ विमान तेहरानबाट उड्ने क्रममा यसरी दुर्घटनामा परेको हो। इरानको सरकारी संचार माध्यमले प्रान्तिय उड्यन अधिकारीहरुलाई उद्धृत गर्दै पायलटले निकै ढिलो गरी विमान अवतरण गर्न खोज्दा धावन मार्ग छुट्न जाँदा दुर्घटना भएको जनाएको छ।

सो विमानमा सवार एकजना यात्रुले विमानको पछाडिको पाँग्रा नै भाचिएको तथा फ्जलेजसम्म विमान चिप्लिएको बताएका छन्। इरानको नागरिक उड्यन संघले दुर्घटनामाथिको अनुसन्धान शुरू भएको जनाएको छ।

सन् २०११ मा इरान एयरको एउटा यात्रुवाहक विमान अवतरणको क्रममा दुई टुक्रा हुँदा दर्जनौं व्यक्ति मारिएका थिए।दुई साताअघि इरानी सशस्त्र सेनाले युक्रेनी इन्टरनेसनल एयरलायन्सको बोइंग ७३७ –८०० मा क्षेप्यास्त्र प्रहार गर्दा त्यसमा सवार सम्पूर्ण १ सय ७६ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्