पोर्टो रिकोमा शक्तिशाली भूकम्प


वासिङ्टन । क्यारेबियन द्वीप पोर्टो रिकोमा शनिबार ५ म्याग्नीच्यूडको भूकम्प गएको छ । गत डिसेम्बरयता दैनिकजसो पोर्टोरिकोमा भूकम्पका धक्का महशुस गरिएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।

स्थानीय समय अनुसार अपराह्न ४ बजेर २० मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु जमिनको सतहबाट करिब १६ मिटर गहिराईमा रहेको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाउँदै स्थानीय मानिसहरु त्रसित भएर घरबाहिर निस्केको स्थानीय अधिकारीहरुले बताएका छन् ।

पोर्टो रिकोमा गत जनवरीमा ६.४ र ५.८ का शक्तिशाली दुईवटा भूकम्प गएर जनधनको क्षति भएपछि पोर्टो रिकोका गभर्नर वान्डा भाजक्वेजले गत जनवरी ७ मा आपतकालीन स्थितिको घोषणा गर्नु भएको थियो ।

पोर्टो रिकोमा करिब ३४ लाख जनसंख्या रहेको छ । सिन्ह्वा

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।