टर्कीमा शक्तिशाली भूकम्प अपडेटः २९ को मृत्यु, १४ सय बढी घाइते



न्युज अफ नेपाल, काठमाडौं ।

टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा २९ जनाको मृत्यु हुनुका साथै १४ सय भन्दा बढी मानिसहरू घाइते भएका छन्।

६.८ रेक्टर स्केलको सो भूकम्प पूर्वी टर्कीको इलाजिग प्रान्तको सिविरिस शहरलाई केन्द्रविन्दु बनाउँदै गएको थियो। भूकम्पबाट भवनहरु भत्किनुका साथै मानिसहरुको भागदौड भएको थियो।

बिबिसीका अनुसार भूकम्पमा पुरिएका ४३ जनालाई उद्धार गरिएको छ भने २० जना अझै भूकम्पबाट भत्केका घरको भग्नावेशमा थुनिएको आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्