कोरोना भाइरसबाट ४० को मृत्यु, युरोपसम्म फैलिसकेको पुष्टि



बेइजिङ, (एजेन्सी)। 

वुहानसहित खुबे प्रान्तको धेरैजसो इलाकामा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ४० को मृत्यु र १ हजार २ सय ८७ जना यसबाट संक्रमित रहेको स्वास्थ्यकर्मीहरूले पुष्टि गरेका छन्।

चीनमा चान्द्रिक नयाँ वर्षको उत्सव शुरु भएको छ। तर यो भाइरसका कारण कयौं कार्यक्रम रद्द भएका छन्। भाइरसको चपेटामा आएको वुहान सहरमा १ हजार बेडको एक अस्पताल निर्माण भइरहेको छ। यो भाइरस अब युरोपसम्म पैmलिसकेको समाचार आइरहेको छ। फ्रान्समा यो भाइरसबाट तीनजना संक्रमित भएको पुष्टि भइसकेको छ।

खुबे प्रान्तमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। यसले गर्दा १० शहरमा कम्तिमा २ करोड नागरिक प्रभावित भएका छन्। नोवल कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले चीनमा आपत्कालीन स्थितिको घोषणा गरेको छ।

सरकार र स्थानीय निकायले नागरिकलाई हरेक घण्टा हात धुन र बाहिर खाना नखान सुझाव दिएका छन्। नागरिक तथा छात्रछात्रालाई मास्क लगाउन आदेश दिएको छ। वुहान शहरको बजार र सडक सुनसान छ। चिनियाँ नयाँ वर्ष र भाइरसका कारण मेट्रो पनि बन्द छ। रेल सेवा र उडान पनि रद्द गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्