ट्रकैमा राख्नुपर्ने आतकंकारी पक्राउ



बग्दाद, (एजेन्सी)।

विशेष सूचनाका आधारमा इराकको मोसुल शहरमा आतंककारी पक्राउ गर्न गएको सुरक्षकर्मीहरूको विशेष टोली आतंककारीको रुप देखेर एकछिन अलमलमा परेको छ।

सो टोली इस्लामिक लडाकू समूह (आईएस) मा आवद्ध प्रभावशाली आतंककारी शिफा अल निमा ‘जब्बा द जिहादी’ लाई गिरफ्तार गर्न परिचालित भएको थियो।

तर उनी अधिक शारीरिक वजनका कारण हलचल गर्न नसकी थचक्क बसिरहेको स्थितिमा भेटिएका थिए। स्थानीय सञ्चार माध्यमले जनाएअनुसार शिफाको तौल २ सय ५० किलोग्राम रहेको छ।

उनलाई पक्राउ गरेर लान प्रहरीको भ्यान सानो भएपछि ट्रक बोलाइएको थियो। अहिले शिफाको तस्वीर विश्वभरिका सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

शिफा तौल बढ्ने शारीरिक समस्याबाट पीडित रहको बुझिएको छ। आईएसका वरिष्ठ नेताहरूका अनुसार शिफा जिहादीहरूका लागि अत्यन्तै कलापूर्ण भाषण दिनका लागि चर्चित नेताका रुपमा चिनिन्छन्।

आईएसको बेलायती कार्यकर्ता मजिद नवाजका अनुसार शिफा आतंककारीहरूलाई आक्रमणका लागि मानसिक रुपमा तयार पार्ने कार्यमा पनि संलग्न रहँदै आएका थिए ।

शिफाको बारेमा अनुसन्धान गरिसकेका बेलायती कार्यकर्ता माजिद नवाजका अनुसार शिफा उत्तेजक भाषण दिँदै आतंककारीहरूलाई जागरुग गराउने काम गर्थे। उनी तत्काल आतंककारीको ब्रेनवास गर्नमा माहिर थिए।

आईएसमा आवद्ध भएदेखि नै उनी शीर्ष नेताका रूपमा स्थपित भएका थिए। उनी आदेश आक्रमणका लागि आदेश जारी गर्थे। उनको आदेश तत्काल पालना गर्दै आतंककारीहरू खुलेआम हत्या र अन्य आतंककारी गतिविधिहरूमा सरिक हुँदै आएका थिए।

व्यायामको अभाव र अस्वस्थ आहारविहार मात्र नभई शारीरिक हर्मोन गोलमालका कारण पनि मानिसहरू यसरी अप्रत्यासित रूपमा अधिक वजनको शिकार हुने गरेका छन्। लपो सक्सनलगायत अन्य आधुनिक शल्यक्रिया विधिबाट यस्ता रोगीहरूको महँगो उपचार हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्