जुवा खेल्ने ९ जना पक्राउ



भक्तपुर, (नेस)। 

भक्तपुर जिल्लाको सूर्यविनायक र सुकुलढोकाबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। सूर्यविनायक नगरपालिका ८ बस्ने नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठलगायत ५ जनालाई नगद ४६ हजार ७ सय ३० रुपियाँ र ६ बुक ताससहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।

यसैगरी, भक्तपुर नगरपालिका ४ सुकुलढोका बस्ने शैलेन्द्रकुमार हालेयो जोशीको टिपिकल नेवारी खाजाबाट जुवातास खेलिरहेको अवस्थामा जोशीलगायत ४ जनालाई नगद ४२ हजार ८ सय २५ रुपियाँ र ५ बुक ताससहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्