कांग्रेसको तयारी सहमति भए उपसभामुख नत्र सभामुखमा उम्मेदवारी



(From left) Nepali Congress senior leader Sher Bahadur Deuba, acting President Ram Chandra Paudel and General Secretary Krishna Prasad Sitaula at a party meeting, in Kathmandu, on Sunday, February 14, 2016. Photo: RSS

काठमाडौं, (नेस)। 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहमति भए उपसभामुख नत्र सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ। सभामुख र उपसभामुख पद रिक्त भएपछि सोमबार जेष्ठ सदस्य महन्त ठाकुरको अध्यक्षतामा बसेको प्रतिनिधिसभा बैठकले सभामुख पदको निर्वाचन आइतबार गर्ने निर्णय गरेको छ।

संविधानमा प्रतिनिधिसभामा सभामुख र उपसभामुख दुवै पद रिक्त भएमा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले जेष्ठ सदस्यले गर्ने उल्लेख थियो। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले सभामुखका लागि सांसद अग्नि सापकोटा चयन गर्ने निर्णय गरिसकेको छ।

सभामुख र उपसभामुख दुवै पद रिक्त भएपछि नेपाली कांग्रेसले उम्मेदवारी दिने कि नदिने भन्ने सवालमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भन्नुहुन्छ– ‘हामीलाई उपसभामुख दिने सहमति भयो भने सभामुखमा उम्मेदवारी दिँदैनौ नत्र सभामुखमा उम्मेदवारी दिन्छौं।’

संविधानमा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र यी दुई पदमा फरकफरक दलको प्रतिनिधित्व हुनुपर्ने छ। तर, संविधानमा सभामुख तथा उपसभामुखमा फरक दलले उम्मेदवारी नदिएमा भने एकै दलको सभामुख र उपसभामुख हुन बाधा नपर्ने उल्लेख छ।

वहुमत प्राप्त सत्ताघटक दल नेकपाले भने उपसभामुख राष्ट्रिय जनता पार्टी (राजपा) लाई दिने गृहकार्य गरिरहेको छ। संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि नेकपाले राजपालाई तीन मन्त्रालय र उपसभामुख दिएर सरकारमा सामेल गराउने गृहकार्य थालेको हो।

प्रतिक्रिया दिनुहोस्