वडा अध्यक्षको निधन



बैतडी, (नेस)।

बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष परमल बोहराको निधन भएको छ। ६२ बर्षीय वडाअध्यक्ष बोहराको सोमबार निधन भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो।

मुटु र फोक्सो सम्बन्धीका बिरामी समेत रहेका बोहराको सोमबार मठैराज स्थीत घरमै निधन भएको हो। वडाअध्यक्ष बोहरा सत्तारुढ नेकपाका बैतडी जिल्ला कमिटि सदस्य पनि हुन्।

प्रतिक्रिया दिनुहोस्