न्यासुरले अझै पाएनन् न्यायः भन्छन्,‘माओवादीले धोका दियो’



कृष्णउदास खनाल, वीरगन्ज ।

२०५३ सालतिर गढीको शिखरकटेरीका जय बहादुर न्यासुरकये घरमा नयाँ मान्छेहरु आउने जाने क्रम देखिन्थ्यो । गाउँमा शोषक र सामान्तीहरुको दबदबा थियो ।

उनी त्यही सामान्तीहरुको हेपाइबाट आजित थिए । अन्ततः उनी सामन्त र शोषकहरुको अन्त्य माओवादीले गर्ने ठानी तत्कालिन बिद्रोही माओवादीमा प्रवेश गरे ।

माओवादी बन्न त्यत्तिबेला सजिलो थिएन । उनी गरिब र दुःखीका मुक्तीका लागि भन्दै पार्टीमा प्रवेश गरेका थिए । २०६१ साल चैत २७ गतेको दिन थियो त्यो । माओवदीले लामो आम हड्तालको आह्वान गरेको थियो ।

आमहड्तालका बीचमा पनि सवारी साधन चल्न थालेपछि माओवादीको केन्द्रीय कमिटिले जय बहादुर न्यासुर अथवा जेबी न्यासुरलाई सवारी साधन ठप्प हुने गरी गतिबिधि गर्न निर्देशन दियो ।

त्यही दिन बिहानको समय थियो । एक यात्रु बाहक ट्याक्पो हेटौंडाको औधोगिक क्षेत्र नजिकको सडकमा गुड्दै थियो । त्यहाँ न्यासुर सहितको पाँच जनाको टोली थिया उनी कमाण्डर थिए ।

उनले बम ट्म्पोमाथि प्रहार गर्न आदेश दिए तर उनका साथीले बम ट्याम्पोमा नभई सडकमा फाले अनी न्यासुर आफँैले भूंइमा खसेको बम पुनः गुड्दै गरेको ट्याम्पुमा प्रहार गर्न खोजे । त्यसपश्चात उनीको दुर्गतीको दिन शुरु भयो ।

बम उनको हातैमा पड्कियो । उनी सडकमै ढले आफ्ना साथीहरु ज्यान जोगाउन भागे । केही समयपछि एउटा एम्बुलेन्सले उनलाई हेटौंडा अस्पतला लग्यो ।

तर, तत्कालिन सेना र प्रहरीले उनलाई उपचार गर्न दिएनन् । थप उपचारका लागि भन्दै भरतपुरको पुरानो मेडिकल कलेजमा लगियो जहाँ उनलाई चरम यातना दिईयो । जहाँ बम लागेर उनको घाउ भएको थियो,त्यही सेना र प्रहरीले कुट्ने गर्दथे ।

पानी माग्दा बोत्तलमा पिसाव फेरेर खान दिन्थे । करिब एक महिनापछि उनकै दुबै हात कुहिना भन्दा माथि काटेर फालियो अनि आँखा पूरै बन्द भयो । उनी अहिले त्यही आफ्नो अपांग शरीर लिएर बांच्न बाध्य छन् ।

चार छोरीको बिचल्ली

न्यासुरको साथमा कान्ति छोरी हरदम रहन्छिन् । उनको सहाराका लागि । चारवटा छोरी छन् न्यासुरका। एउटा छोरीको विवाह भएपनि अरु बांकी छन् । बांच्नु भन्दा मरेको भए ठीक हुने न्यासुरको भनाइ छ ।

काठमाडौंको सीनामंगलमा सामान्य तरकारी पसल चलाएर उनकी पत्नीले परिवार चलाउने गरेपनि त्यो ठाउँमा नगरपालिकाले तरकारी बिक्री गर्न रोक लगाएपछि उनीहरुको अहिले बिचल्ली भएको छ । जसले युद्ध गर्न सिकाए,उनीहरुले नै बिर्सिए,न्यासुरको पीडा छ ।

प्रतिक्रिया दिनुहोस्