इरानले युद्ध नचाहेको राष्ट्रपति रौहानीको भनाइ



A handout picture provided by the Iranian presidency shows the Islamic republic’s President Hassan Rouhani chairing a cabinet meeting in Tehran on January 15, 2020. – Iranian people “want diversity”, Rouhani said as he urged electoral authorities to refrain from disqualifying would-be candidates for a general election in February. “The people are our masters and we are its servants. The servant must address the master with modesty, precision and honesty,” Rouhani said after a cabinet meeting. (Photo by – / IRANIAN PRESIDENCY / AFP) / === RESTRICTED TO EDITORIAL USE – MANDATORY CREDIT “AFP PHOTO / HO / IRANIAN PRESIDENCY” – NO MARKETING NO ADVERTISING CAMPAIGNS – DISTRIBUTED AS A SERVICE TO CLIENTS ===

तेहरान । इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो सरकारले संयुक्त राज्य अमेरिकासँग सैन्य मुठभेड वा युद्ध नचाहेको भन्दै यसका लागि आफूले सम्भावित युद्ध टार्न कूटनीतिक पहलहरू जारी राखेको बताउनु भएको छ ।

रौहानीले शुक्रबार भन्नुभयो, “तेहरान र वाशिङ्टन जनवरीको शुरुमा एक बर्षभन्दा कम समयमा दोस्रो पटक प्रत्यक्ष सैन्य भिडन्तको नजिक पुगेपनि द्वन्द्व कसैका लागि राम्रो होइन भन्ने पक्षमा इरान छ । अमेरिकासँगको युद्धलाई सकेसम्म टार्न इरान प्रयत्नशील रहने छ ।”

फेब्रुअरी २१ मा संसदीय निर्वाचन अगाडि रौहानीको शिविरमा चुनौती हुनेछ भन्ने भविष्यवाणी गरिएको थियो र इरानको आणविक कार्यक्रमलाई लिएर तेहरान र पश्चिमबीचको तनावको बीचमा राष्ट्रपतिले भन्नुभयो, “विश्वसँग वार्ता अझै सम्भव छ ।”

फेबु्रअरी २१ मा हुन लागेको संसदीय निर्वाचनमा इरानमा रौहानीको समूहलाई कडा चुनौती आउनसक्ने अनुमान राष्ट्रपतिको रहेको छ । राष्ट्रपतिलाई उग्र राष्ट्रवादको नाराले त सताएको छ । यसबाहेक निर्वाचनमा रौहानीलाई अमेरिकी नाकाबन्दी र विश्व समुदायले आणविक सम्झौताबाट नफर्कन इरानलाई गरिरहेको अनुरोधले पनि दवाबमा पारेको छ ।

यसै कुरालाई मध्यनजर गर्दै राष्ट्रपति रौहानीले अमेरिका तथा उसका सहयोगी मुलुकहरूसँगको तनावलाई कम गर्न अझै पनि वार्ता सम्भव रहेको बताएका देखिन्छ । यद्यपि अमेरिकाविरोधी ठूलो इरानी समुदायका कारण वार्ता गर्ने राष्ट्रपतिको भनाइ त्यति सहज भने छैन ।

“सरकारले सैन्य झगडा वा युद्ध रोक्न दैनिकरूपमा पहल गरिरहेको छ,” रुहानीले इरानी टेलिभिजनमार्फत् प्रत्यक्ष प्रशारण गरिएको एक सम्बोधनमा भन्नुभयो ।

जनवरीको सुरुमा अमेरिकाले शीर्ष इरानी सेनापति कसिम सुलेमानीलाई इराकको राजधानी बग्दादमा ड्रोन हमलामा मारिसकेपछि यो क्षेत्र नयाँ द्वन्द्व नजिक पुगेको थियो । बदलामा इरानले पनि अमेरिकी सेनाको इराकस्थित सैन्य शिविरलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । आक्रमणबाट अमेरिकी सेनाको शिविरमा भौतिक क्षति पुगे पनि मानवीय क्षति भने नभएको अमेरिकी सेनाले बताएको छ ।

रौहानीका अनुसार आक्रमणबाट अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानी जनरलको हत्याको वदला लिन इरान सफल भएको छ ।

इरानले अमेरिकी सैन्य शिविरमा आक्रमणको केही समयमा नै इरानी सेनाले यूक्रेनी विमानलाई शत्रुको ‘क्रुज मिसाइल’ ठानेर ‘भुलबस’ छोटो दूरीको क्षेप्यास्त्रद्वारा विमानलाई खसालेपछि विमानमा सवार १७६ जनाको मृत्यु भएको थियो । आक्रोशित मृतकका आफन्तले सावधानी नअपनाएको भन्दै सरकारको विरोधसमेत गर्दै आएका छन् । यसले सुलेमानीको हत्यापछि अमेरिकाविरूद्ध संगठित बनेको इरानी मनोविज्ञानलाई विभाजित गरेको छ । विमानमा मारिनेमा अधिकांश इरानी र क्यानडेली थिए । एएफपी

प्रतिक्रिया दिनुहोस्