लहान नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न, १ अर्ब ६२ करोड बजेट सार्वजनिक



सुभेन्द्र दास,लहान।

लहान नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न भएको छ। सम्पन्न पाँचौ नगरसभा बाट चालु आर्थिक वर्ष २०७६/०७७ का लागि संसोधित बजेट १ अर्ब ६२ करोड २४ लाख ६१ हजार २९ पैसा बजेट प्रस्तुत गरेको छ ।

लहान नगरपालिकाका नगर प्रमुख मुनि साहले पत्रकार सम्मेलन गरि संसोधित बजेट र आर्थिक वर्ष २०७६।०७६ मा आयोजना हुने मुख्य (मुख्य योजनाहरु सार्वजनिक गरेका छन।

चालु आर्थिक बर्षका लागि नगरपालिकाले नगरसभा हँल, खुट्टी नहर संचालन, बानो नहर, तरकारी बजार, नयाँ बजार, महिला विद्यालय, दलित वस्ती एकीकृत, बथनाहा बजार, स्वास्थ्य चौकी, वडा कार्यालय, बस पार्क, भवडा पार्क, सलहेश क्षेत्रमा जग्गा खरिद, रिँगरोड सिमाँकन, नदी नियन्त्रण, ३ किलोमिटर पक्कि सडक निर्माण, ग्राभेल कार्यहरु, कृषि सडक, वाटरएड खानेपानी सँगको सहमति, स्कूलको भवनहरु लगायत भौतिक निर्माण कार्यलाई अघि बढाउँने योजनामा रहेको जानकारी गराएका छन।

त्यसैगरी चालु आर्थिक बर्षमा सामाजिक कार्यहरु अन्तर्गत ज्येष्ठ नागरिक सम्मान, विपद् व्यवस्थापन, दलित राशन कार्ड, स्वास्थ्य शिविर कार्यक्रम, किसान परिचयपत्र वितरण , कृषि अनुदान कार्यक्रम,शिक्षा कार्यक्रम तथा स्कूल स्तरवृद्धि, स्वास्थ्य कार्यक्रम, पशु कार्यक्रम, विभिन्न किसिमको शिपमुलक तालिम र नयाँ ढँगले सरसफाई कार्यक्रम तथा अतिक्रमण नियन्त्रणलगायतको समाजिक कार्य अघि बढाइने नगर प्रमुख मुनि साहले पत्रकार सम्मेलनमा जानकारी गराउनु हुदै फोहोर प्रशोधन तथा व्यवस्थापन केन्द्र (ल्याण्ड फिल्ड साईट), सडक अतिक्रमण, खुला रुपले दिशा गर्ने, जथाभावी गाडी पार्किग, नहर क्षेत्र अतिक्रमण र सार्वजनिक क्षेत्र अतिक्रमण जस्ता कार्य लहान नगरपालिकाको मुख्य समस्या र चुनौती रहेको उल्लेख गर्नु भयो।

आर्थिक वर्ष २०७५र०७६ को चौथो नगर सभा बाट चालु आर्थिक वर्ष २०७६र०७७ का लागि १ अर्ब ५१ करोड ४२ लाख प्रस्तावित गरिएकोमा हाल सम्म जम्मा रु ७१ करोड ३६ लाख ५८ हजार ६ सय ३८ पैसा प्राप्त हुन् आएको जानकारी गराउदै व्यय तर्फ १ अर्ब ५१ करोड ४२ लाख मात्र प्रस्तावित गरिएकोमा हाल सम्म चालु तर्फ १९ करोड ८२ लाख ९६ हजार २ सय ८५ पैसा खर्च भएको छ भने पुँजीगत तर्फ ३ करोड ७९ लाख ६७ हजार २ सय ५५ पैसा समेत गरि २३ करोड ६२ लाख ६३ हजार ५ सय ४१ रुपैया २ पैसा खर्च हुन् गएको छ।

प्रतिक्रिया दिनुहोस्