कैदी फरार प्रकरण ः प्रहरी नायब निरिक्षक सहित पाँच जनालाई कारबाहीको सिफारिस



सञ्जय कार्की,रौतहट  ।

कैदी फरार भएपछि गठित छानबिन समितले गौर कारागारका प्रहरी नायब निरिक्षक सहित पाँच जना लाई कारबाहीको सिफारिस गरेको छ ।

गएको पौष २७ गते गौर कारागार बाट अपहरण तथा शरिर बन्धक मुध्दाका कैदी अशोक यादब फरार भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले प्रशासकिय अधिकृत किरण तिबारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

सो समितिको सदस्यमा प्रहरी निरिक्षक नबिन कुमार सिह र राष्ट्रिय अनुसन्धान बिभाग रौतहटका निरिक्षक माया शंकर सिह रहेका छन ।

प्रमुख जिल्ला अधिकारी किरण थापा लाई समितिका संयोजक किरण नीधि तिबारीले प्रतिबेदन बुझाउदै गौर कारागार सुरक्षार्थ खटिएका प्रहरी नायब निरिक्षक राम सरोबर सिह, प्रहरी सहायक निरिक्षक दिनानाथ प्रसाद यादब, प्रहरी हवल्दार नीरजकुमार सिह र प्रहरी जवान महानन्द प्रसाद यादब लाई बिभागिय कारबाहीको सिफारिस गरेको हो ।

१५ बर्ष कैद सजाय तोकिएका गडिमाई नगरपालिका–१ का अशोक यादब तीन बर्ष देखि कैद भुक्तान गर्दै आएकोमा बिधुत अबरुद्ध बनाई फरार भएको जनाइएको छ । सोही कारागारमा खटिएका कार्यालय सहयोगी एकरामुल हक लाई जिल्ला प्रहरी कार्यालय रौतहटले हिरासतमा लिएको छ ।

उनलाई जिल्ला अदालत गौर बाट ६ दिनको म्याद थप गरी आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादब फरार हुनको लागि गौर कारागारको सुरक्षार्थ खटिएका प्रहरीको गम्भिर त्रुटि रहेको औल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्