भीरबाट लडेर पर्वतका ७१ बर्षिय बृद्ध गम्भीर घाइते



दुर्गाप्रसाद शर्मा,पर्वत।

भीरबाट लडेर पर्वतको मोदी गाउँपालिका वडा नं. १ भूक देउरालीका बृद्ध गम्भीर घाइते भएका छन । कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ८ थारकुना स्थित भिरबाट लडेर ७१ बर्षिय बृद्ध श्यामबहादुर गुरुङ गम्भीर घाइते भएका हुन् ।

बाटोमा हिड्ने क्रममा गुरुङ्ग भिरबाट तल खस्न जाँदा घाईते भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानिय स्वास्थ्य चौकीमा उपचार पछि स्थिति गम्भीर भएका कारण थप उपचारका लागि पोखरा पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्