‘रिसोर्टमा रात बिताउनेलाई निःशुल्क ब्रेकफास्ट र स्विमिङ’



नेपाल समाचारपत्र, काठमाडौं।

सरकारले हालै भ्रमण वर्ष २०२० को भव्य रूपमा शुभारम्भ गरेको छ।यस सन्दर्भमा कविलास रिसोर्ट एन्ड फनपार्क प्रालिले आकर्षक सुविधा र छुटसहित सेवा आरम्भ गरेको छ।

कविलास रिसोर्ट एन्ड फनपार्क प्रालिले पत्रकार सम्मेलनमार्फत् भ्रमण वर्षलाई लक्षित गरी आफूँले प्रदान गर्ने सेवा सुविधाहरूका बारेमा जानकारी गराएको छ।

कार्यक्रममा कविलास रिसोर्ट एन्ड फनपार्क प्रालिका अध्यक्ष बाबुराम उपाध्यायले भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी आकर्षक छुट र सुविधाको व्यवस्थासहित कबिलास रिसोर्ट एण्ड फनपार्क प्रालि स्थापना गरिएको बताउनुभयो।

‘भ्रमण वर्ष २०२० भर यस रिसोर्टले रिसोर्टमा आई रात विताउने ग्राहकहरूका लागि विहानको ब्रेकफाष्ट र स्विमिङ निःशुल्क गरिएको र फनपार्कको सबैको खेलमा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ’– अध्यक्ष उपाध्यायले बताउनुभयो।

अन्य उत्पादन र सम्भावना खासै नभएको तर प्राकृतिक सुरन्दता भएकाले आफूँहरूले त्यस ठाउँमा सो रिसोर्ट सञ्चालनमा ल्याएको बताउनुभयो।

सो रिसोर्टमा २०० जनासम्म बस्ने लजिङको सुविधा भएको, पारिवारिक रूपमा बस्न मिल्ने, आफैँले पकाएको खान मिल्ने, ७ वटा पारिवारिक भिल्लाको व्यवस्था, फनपार्क, र वाटरपार्क, स्विमिङ पुलजस्ता आकर्षण सुविधाहरू रहेका बताउनुभयो।

साथ साथै अग्र्यानिक फार्म हाउस, खेतीपाती, कुखुरा पालन, बाख्रा पालन, हाँस, नर्सरीको समेत व्यवस्था भएको अध्यक्ष उपाध्यायले जानकारी गराउनुभयो।

७५ जनाको समूहमा सञ्चालन भएको यो रिसार्ट एन्ड फनपार्क २५ बिघा क्षेत्रफलमा बनेको जानकारी गराउँदै अध्यक्ष उपाध्यायले चितवनका प्रसिद्ध शहरहरू टाँडी, पर्सा, भरतपुरलगायत भारतको केही ठाउँहरूको समेत अवलोकन गर्न सकिने हुँदा आफूँले त्यस ठाउँमा रिसोर्टको स्थापना गरेको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा रिसोर्टका सल्लाहकार लक्ष्मीराम पौडेलले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कविलास रिसोर्ट आफूँहरूले सञ्चालन ल्याएको बताउनुभयो।

कविलास रिसोर्ट सबैको आकर्षक गन्तव्य भएका कारण सबै त्यहाँ पुग्न आग्रह गर्दै उहाँले भन्नुभयो – ‘भ्रमण वर्ष निजी र सरकारी सबै क्षेत्रका लागि एउटा महत्वपूर्ण अवसर हो ।’

प्रतिक्रिया दिनुहोस्