लागूऔषधसहित पक्राउ



काठमाडौं, (नेस)।

चन्द्र्र्रागिरि नगरपालिका–२ नागढुंगाबाट अवैध लागू औषध चरेश १ किलो १५ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका–१ बस्ने फुर्बा शेर्पा र जिपछिरिङ शेर्पा रहेका छन्।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४१ प ९८४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक फुर्बाले बोकेको झोलाभित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागू औषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यसै गरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागू औषध चरेसजस्तो देखिने पदार्थ २ किलो ९ सय ग्राम सहित इलाम माङसेबुङ गाउँपालिका–१ घर भएका दिलेन्द्र्र्र्र योङहाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

थाइ लाएन एयरको उडानद्वारा काठमाडौंबाट थाइल्याण्ड जान लागेका दिलेन्द्रलाई विमानस्थलको अन्तराष्ट्रिय उडानतर्फको ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

बरामद पदार्थसहित दिलेन्द्रलाई थप अनुसन्धानको लागि लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको जिम्मा लगाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्