पन्छि लुकाइएका सुटकेस वरामद



लिमा,(एजेन्सी)।

पेरुको राजधानी लिमा स्थित विमानस्थलमा एकजना बेल्जियन पूरषलाई आफ्नो सुटकेसमा बिसवटा पन्छि लुकाएर राखेको अवस्थामा प्रहरीले गिरफतार गरेको छ।

भंसार अधिकारीहरुले ५४ वर्षि ह्युगो कोनिंग्सले ससाना कार्डबोर्डका बटाभित्र ति पन्छिहरु राखेर देशबाहिर तश्करी गर्न खोजेको बताएका छन्।

उनले ति लोपोन्मुख र संरक्षित पन्छिलाई स्पेनको राजधानी म्याड्रिडमा लगेर बिक्रि गर्न खोजेको अनुसन्धानबाट खुल्न आएको छ।

ति सबै पन्छि जिवितै रहे पनि घन्टौं सम्म बटाभित्र थुनिनु परेकाले केहि निक ैगलेका , जल विनियोजन पिडित तथा पखेटा झेरका अवस्थामा रहेका थिए।

सोमवार पक्राउमा परेका कोनिंग्सलाई अवैध पशुपन्छि ओसार प्रसार गर्न खोजेको अभियोगमा अधिकतम पाँच वर्ष लामो कारवास संजाय हुनसक्ने स्थानिय संचार माध्यमले जनाएके छ।

पेरुमा एकहजार आठ सय भन्दा बढि प्रजातिका पन्छिहरु पाइन्छन्। पन्छी विशेषज्ञहरुका अनुसार पेरुको जंगलमा पाइने पन्छिहरु इक्वेडर र बोलिभियाका जंगलमा पनि पाइन्छन्।

यसरी निरन्तर रुपमा पन्छिहरुको तश्करी हुने गरेकाले पेरुको जैविक विविधता नै प्रभावित हुन पुगेको सरकारी अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्