अठार घन्टा हिउँमा पुरिएकी बालिकाको उद्धार



टोक्यो,(एजेन्सी)।

पाकिस्तान अधिनस्थ काश्मिर हिमपाग्रस्त क्षेत्रमा अठार घन्टा सम्म हिउँमा पुरिएकी एक १२ वर्षिया बालिकाको विहिवार जिवित उद्धार गरिएको छ। ति बालिकाको घरमा हिउँको ढिक्का खसेको थियो।

सामिना विवी नामक ति बालिकाले अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई बताएकीछन् , ‘ हिउँले पुरिएको कोठामा म मद्धतका लागि चिच्याउँदै बसेकी थिएँ। मैले त उद्धारकर्मि आउनु अघि न ैमेरो ज्यान जाने सोचेकी थिएँ।’

भिषण वर्षा र आँधिहुरी संगसंगै निलम भ्यालीमा आएको हिम पहिरोमा कमितमा ७४ जनाको ज्यान गइसकेको छ। यसरी मौसम खराव हुना साथै हिमाली क्षेत्रमा हिमपात र हिम पहिरो जस्ता दैवी प्रकोपको खतरा सँधै रहने गरेको छ।

भारत अधिनस्थ काशिमर र अफगानिस्तान पनि हिम प्रकोपबाट प्रभावित भएपनि विशेष गरी निलम भ्याली सबैभन्दा नराम्ररी प्रभावित भएको बुझिएको छ। रोयटर्स त्यहाँ अझै पनि हराएका व्यक्तिहरुको खोजि भइरहेको बताएको छ। बाकवाली गाउँबाट उद्धार गरिएका सामिनाको मुजफरवादको अस्पतालमा उपचार भइरहेको छ।

यस घटनामा उनले आफ्नो परिवारका धेरै सदस्यलाई गुमाउनु परेको थियो। उनकी आमा शहनाज विवीले घरमा हिउाको ढिक्का खस्दा परिवारका सदस्यहरु तेश्रो तल्लामा आगो तापेर बसेको बताएकी छन्। राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकायले हिमपातकै कारण पाकिस्तानभरि कम्तिमा एक सय जनाको ज्यान गएको दावी गरेको छ।

प्रतिक्रिया दिनुहोस्