बृहत् एकीकरण मार्ग कार्यक्रम शुभारम्भ



नेपाल समाचारपत्र, काठमाडौं।

प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘बृहत् एकीकरण मार्ग कार्यक्रम’को जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ।

प्रधानसेनापति थापाले राष्ट्रिय एकताको संरक्षण र सम्बर्धन गर्ने संवैधानिक जिम्मेवारीसमेत प्राप्त गरेको नेपाली सेनाले शुरूमा ऐतिहासिक गढी, किल्ला तथा एकीकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ कार्यक्र शुरू भएको बताउनुभयो।

उहाँले इतिहास संरक्षण एवं सम्बद्र्धनको काममा नेपाली सेनाको सहभागितासम्बन्धी निर्देशिकासमेत लागू गरी कार्य सम्पादन शुरू गरिएको बताउनुभयो।

उहाँले एकीकरण मार्ग कार्यक्रमअन्तर्गत इतिहास र संस्कृतिको सम्बर्धन र प्रवद्र्धन गर्ने कार्यक्रमहरू तर्जुमा गर्ने कार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरू, विभिन्न मन्त्रालयहरू, पुरातत्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्बाट संस्थागत वा व्यक्तिगत तबरबाट प्राप्त भएको सहयोग र साथ आफैमा अभिप्रेरक भएको कुरासमेत बताउनुभएको थियो।

तीन दिनसम्म सञ्चालन हुने उक्त सेमिनारको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समापन गर्नुहुने भएको छ। यस प्रकारको सेमिनारबाट प्राप्त हुने प्रतिक्रियाहरू, सिर्जनात्मक सोच र अवधारणाहरूले एकीकरण मार्ग कार्यक्रमसम्बन्धी दीर्घकालीन र एकीकृत योजना बनाउन सहयोग पुग्नुका साथै राष्ट्रिय एकताको सम्बर्धन र प्रवद्र्धनमा थप टेवा पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया दिनुहोस्