पूर्वराजदूत शर्माको निधन



काठमाडौं, (नेस) ।

बेलायतका लागि पूर्वनेपाली राजदूत मुरारीराज शर्माको निधन भएको छ। कूटनीतिक सेवापछि लन्डन बस्दै आउनुभएका ६८ वर्षीय उहाँको बेलायतमै निधन भएको हो।

मंगलबार बिहान हृदयाघातका कारण शर्माको निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ। उहाँ सन् २००७ देखि २००९ सम्म बेलायतको राजदूत रहनुभएको थियो।

तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कार्यकाल सकिनु अगावै स्वदेश फिर्ता बोलाएपछि शर्मा राजनीतिक शरण मागेर बेलायतमा बस्दै आउनुभएको थियो।

उहाँ पूर्वपरराष्ट्रसचिव र नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघका पूर्वस्थायी प्रतिनिधीसमेत हुनुहुन्छ। शर्मा सन् १९९७ देखि सन् २००० सम्म परराष्ट्रसचिव रहनुभएको थियो। त्यसै गरी उहाँ गणतन्त्र स्थापनापछि २०६३ मा गठन भएको नेपालको परराष्ट्र नीतिको नवीकरण उच्चस्तरीय परराष्ट्रनीति कार्यदलका संयोजक रहनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्