त्रिशुली नदीमा हामफालेर ३ जनाले आत्महत्या गरे



काठमाडौं, (नेस)

थानकोटका एक युवाले २ छोरा र श्रीमतीसहित त्रिशुली नदीमा हाम फालेर आत्महत्या गरेका छन। बेनीबाट रोराङ गाउँपालिका ५ नजिकै रहेको बाँदरेमा रहेको झोलुंगे पुलबाट त्रिशुली नदीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

थानकोट बस्दै आएका दिनेश लामिछानेसहितले नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। लामिछानेलाई स्थानीयले जिवितै उद्धार गरेपनि २ बालक र श्रीमतीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

श्रीमती जमुना लामिछानेको शव फेलापरे पनि २ बालकको भने शव फेला नपरेको प्रहरीले जानकारी दिएको छ। एउटा छोरा ६ महिनाको र अर्को छोरा ६ वर्षको रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्