अवैध लागूऔषधसहित पक्राउ



काठमाडौं, (नेस)।

चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट धादिङ सेराङ गाउँपालिका–१ बस्ने २१ वर्षीय देवराज लामालाई अवैध लागूऔषध गाँजा २ सय ५३ ग्राम र अवैध लागूऔषध चरेशजस्तो देखिने वस्तु ९ सय ५० ग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख ३००७ नम्बरको बस जाँच गर्ने क्रममा लामालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्